|  

आईपीएलः चेन्नई लखनउसँग ६ विकेटले पराजित

१२ बैशाख,काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

चेन्नईमा भएको खेलमा स्टोइनिसको आक्रामक ब्याटिङका कारण घरेलु टिमले दिएको २११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्यो । उनले ६३ बलमा १३ चौका र ६ छक्का प्रहार गरेका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा चार विकेट गुमाउँदै २१० रन बनाएको थियो । जितसँगै लखनउ आठ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट आठ अंक जोडेको चेन्नई पाँचौँ स्थानमा छ ।