|  

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

१२ बैशाख,काठमाडौं ।  साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।

लगातार दुई दिन तोलामा ३८ सय रुपैयाँ घटेको सुनको मूल्य आज ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा १० रुपैयाँले बढेर १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।