|  

८० प्रतिशत गुटले कब्जा गरेको पार्टी हो काँग्रेसः स्वर्णिम वाग्ले

२ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले काँग्रेसलाई ८० प्रतिशत गुटले कब्जा गरेको टिप्पणी गरेका छन् ।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेस अहिले विकृत, भ्रष्ट, निकम्मा समूहको कब्जामा रहेको पनि उनले आरोप लगाए । उनले भनेका छन्, ‘नेपाली कांग्रेसका धेरै सांसदहरू यहाँ हुनुहुन्छ, थोरबहुत परिचय हाम्रो पुरानै हो। म पनि बिपी कोइरालाको अनुयायी हुँ। आजका दिनमा पनि मेरा राजनीतिको रोल मोडल उहाँ नै हुनुहुन्छ। तर, के बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ आज यहाँ ? कांग्रेसभित्र आज एउटा प्रवृत्ति छ त्यसले पार्टीमा हालीमुहाली चलाएको छ । ८० प्रतिशत जति त्यो गुटले कब्जा गरेको छ, त्यसैले त्यो विकृत, भ्रष्ट, निकम्मा समूहको प्रतिनिधि पनि यहाँ उम्मेदवार बनाइएको छ।’

टिकट किन्नेहरूलाई जवाफ दिनको लागि सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्ने उनले बताए ।