|  

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

१२ बैशाख, काठमाडौँ । पाटन उच्च अदालतले पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौट प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता रमेश बडाल, रमेश प्रसाद धिता र हरिप्रसाद मैनालीले गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले कार्यकारी छनौट प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो ।

अदालतले पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनय गैरकानुनी भएको र छनोट उपसमिति अवैधानिक रहेको जनाएको छ ।

साथै, १५ दिनभित्र रिटमा विपक्षी बनाइएकालाई आफैं वा प्रतिनिधि राखेर लिखित जवाफ पेस अदालतले आदेश दिएको छ ।

कार्यकारी प्रमुख छनौट समिति र प्रक्रिया नमिलेको भन्दै अधिवक्ता रमेश बडाल, रमेश प्रसाद धिता र हरिप्रसाद मैनालीले रिट दायर गरेका थिए ।