|  

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

१२ बैशाख, काठमाडौँ । सेयर बजारमा सामान्य अंकले सुधार आएको छ। नेप्से आज ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ। 

सामान्य अंकले बढेको बजारमा कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ। यसदिन ३१३ स्क्रिप्सको ७२ लाख ८४ हजार २७२ कित्ता सेयर २ अर्ब ५३ करोड ६४ लाख  ३१ हजार ९९८ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार २ अर्ब ५ करोड र आइतबार २ अर्ब २५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन एउटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पोखरा फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो।