|  

महोत्तरीमा भीषण आगलागीः भागाभाग मच्चियो

१२ बैशाख, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ मा लागेको भीषण आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीमा सयौं घर जलिसकेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए । उनका अनुसार हावा तीव्र गतिमा चलिरहेको छ । घाम पनि उत्तिकै छ । त्यसैले पनि आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको छ । पीडितहरुको पनि भागाभाग मच्चिएको छ । आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट बारुणयन्त्र पुगेको छ । बारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीहरु आगो नियन्त्रणमा लिन खटेका छन ।