|  

खेलकुद मन्त्रालयका  सल्लाहकार डा. प्रणय राणाले पाए ‘सेथ अन्तर्राष्ट्रिय’ पुरस्कार

१२ बैशाख, काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. प्रणय एसजेबी राणाले ‘सेथ इन्टरनेसनल डिस्टिंग्विस्ड एलुमनाई अवार्ड’ पाएका छन् ।

मानवीय तथा सेवा क्षेत्रमा गरेको योगदानका आधारमा उनले सेथ अन्तर्राष्ट्रिय विशेष पूर्वविद्यार्थी पुरस्कार प्राप्त गरेका हुन् ।

अमेरिकाको जर्जिया स्थित केनेसा स्टेट युनिभर्सिटीले मंगलबार अमेरिकामै डा. राणालाई पुरस्कार प्रदान गरेको हो । 

अमेरिकामा शरणार्थी समुदायका लागि गरेको काम र नेपालमा सामाजिक–राजनीतिक तथा शैक्षिक क्षेत्रमा गरेको कार्यका लागि डा. राणाले यो सम्मान तथा पुरस्कार प्राप्त गरेको केनेसा स्टेट विश्वविद्यालयले जनाएको छ ।

खेलकुद्मन्त्री बिराज भक्त श्रेष्ठका अवैतनिक वरिष्ठ सल्लाहकार डा.राणा राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा)को एनआरएन विभागका उपप्रमुख समेत हुन् ।

डा. राणा हाल एन्टी डोपिङ सम्बन्धि नेपाल र अमेरिकाबीच साझेदारीको छलफल गर्न नेपाल प्रतिनिधिको रुपमा अमेरिका छन् । 

अप्रिल ३० मा युएस एन्टी डोपिङ एजेन्सीको कोलोराडो स्थित मुख्यालयमा उक्त छलफल हुने तय भएको छ ।