|  

सरकारले हचुवा पाराले काम गरिरहेको छः माधव नेपाल

१३ बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा अध्यक्ष नेपालले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको आरोप लगाएका हुन ।  उनले नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको पनि बताए । उनले कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको पनि सुनाए । उनले भनेका छन्,‘हामी हचुवा पाराले काम गर्छौं । देशभरका जतिपनि ७४३ वटा पालिका छन् । एकै पटक सबै ठाउँमा अस्पताल बनाउने कुरा सोच्छौँ । जहाँ जहाँ आयो, त्यहाँ त्यहाँ हामी हवाई मैदान बनाउँछौँ, कहाँ बनाउने, कुनलाई प्राथमिकता दिने, कहाँ कति बजेट छुट्याउने ? यसमा प्राथमिकीकरणको कमी छ ।’