|  

थाइल्यान्डमा लुबाट ३० जनाको मृत्यु

१३ बैशाख, काठमाडौं । थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ ।

यस वर्ष लुबाट ३० जनाको मृत्यु भएपछि  राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन्।तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएको छ । बैङ्ककको कङ्क्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४० दशमलव एक डिग्री सेल्सियससम्म पुगेको थियो।

बिहीबार पनि यस्तै स्तरको पूर्वानुमान लगाइएको थियो। यस साता दक्षिण र दक्षिणपूर्वी एसियाका केही भागमा असाधारण तातो मौसमको लहर चलिरहेको छ । यसका कारण फिलिपिन्सभर विद्यालय बन्द गर्नुपर्यो भने बङ्गलादेशमा उपासकहरूले वर्षाका लागि प्रार्थना गर्नुपरेको छ।

स्वास्थ्य मन्त्रालयले बुधबार राति जनवरी १ देखि अप्रिल १७ को बीच लुबाट ३० जनाको मृत्यु भएको जानकारी दिएको छ। लुबाट सन् २०२३ मा ३७ जनाको मृत्यु भएको थियो।