|  

उपचुनावमा सेना परिचालन हुनेः राष्ट्रपतिले दिए स्वीकृति

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन ।

राष्ट्रपति पौडेलले आगामी शनिबार अर्थात वैशाख १५ गते हुने उपचुनावमा सेना परिचालन गर्न स्वीकृत दिएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको बताइएको छ । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।