|  

अनशन बसेका रुसी सेनाका परिवारलाई जबरजस्ती नियन्त्रण 

१३ बैशाख, काठमाडौं । आमरण अनशन बसेका रुसी सेनाका परिवारलाई प्रहरीले भृकुटीमण्डपबाट नियन्त्रणमा लिएको छ ।

रुसी सेनामा गएका नेपालीको जीवन रक्षाको माग गर्दै अनशन बसेको सातौं दिन आज प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले तीन जना बच्चासहित १२ जनालाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृतमा राखेको छ । रुसी सेनामा भर्ना भएकाहरूको १८ जना आफन्त भृकुटीमण्डपमा आमरण अनशन बसिरहेका थिए । उनीहरूले आज दिउँसो रुसी सेनामा गएका नागरिकहरूको जीवन रक्षाको माग गर्दै रसियन राजदूतावास अगाडि धर्ना दिने तयारी गरेका थिए ।

रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी अभियन्ता कृतु भण्डारीले शान्तिपूर्ण ढंगले अनशन बसिरहेका बेला प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको बताइन ।