|  

टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

१३ बैशाख, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीसहित नक्कली शरणार्थी प्रकरणका ७ प्रतिवादीलाई सर्वोच्च अदालतले थुनामै पठाउने आदेश दिएको छ।

उनीहरुलाई थुनामै पठाउने उच्च र जिल्ला अदालतको आदेश सर्वोच्च अदालतले पनि सदर गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो ।

नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा. इन्द्रजित राई र सानु भण्डारीलाई पनि थुनामै पठाउने आदेश भएको छ।