|  

कक्षा १२ को परीक्षा आजदेखि सुरु

१४ बैशाख, काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुदै छ ।

वर्षको परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी यस परीक्षामा सहभागी हुदै छन् ।

अन्य  बाँकी एक लाख ६५० भने ग्रेडवृद्धितर्फका विद्यार्थी सहभागी हुदै छन् । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन हुने छ । यस परीक्षामा सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ र मुस्ताङमा एक / एक परीक्षा केन्द्र तोकिएको छ ।