|  

‘बोक्सीको घर’ आजबाट हलमा

१४ बैशाख, काठमाडौं । चलचित्र ‘बोक्सीको घर’ आजबाट रिलिज भएको छ ।

फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘बोक्सीको घर’प्रदर्शनमा आएको हो । 
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेत्री केकी अधिकारी सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला, जीवन बराल लगायतको अभिनय रहेको छ ।

वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर यो फिल्म निर्माण भएको हो ।केकीकै होम प्रोडक्शनबाट निर्माण भएको फिल्मको निर्मातामा बद्री अधिकारी छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म बनेको हो ।