|  

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

१४ बैशाख, काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज कोलकोता नाइट राइडर्स र पञ्जाब किंग्सबीच खेल हुँदै छ ।

कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुँदै छ । जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ७ खेलमा ५ जितहासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

कोलकोताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ । त्यसैगरी पञ्जाबले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार बेहोरेको पञ्जाबले केवल २ खेलमा जित हासिल गरेको छ ।