|  

काठमाडौँको ठुलो भर्‍याङबाट नक्कली परीक्षार्थी पक्राउ

१४ बैशाख, काठमाडौं । काठमाडौँको ठुलो भर्‍याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

आजबाट सुर भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

शान्ति विद्यागृह ठहिटीमा अध्ययनरत टंक बहादुर घर्तीको नाममा २३ वर्षीय आदेश परीक्षा दिन सो केन्द्र पुगेका हुन् । परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।