|  

विश्वकै पहिलो प्रदूषित शहर बन्यो काठमाडौं  !

१४ बैशाख, काठमाडौं ।  काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ। काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो ।

केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको पहिलो प्रदूषित शहरमा रुपमा सूचीकृत भएको छ ।

अहिले काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ। जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।  विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ ।

त्यहाँ प्रदूषण तह १८५ रहेको छ। तेस्रो स्थानमा रहेको भारतको नयाँदिल्लीमा प्रदूषणको तह १७५ रहेको छ ।