|  

१४ सय रुपैयाँले बढ्यो सुन, कति पुग्यो तोलामा ? 

१४ बैशाख, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो  । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजाबी सुन आज प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।