|  

काठमाडौंबाट एक केजीभन्दा बढी सुन र झण्डै डेढ करोड नगदसहित ७ जना पक्राउ

१४ बैशाख, काठमाडौं ।  काठमाडौंबाट ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा एकजना नाबालक पनि छन् ।

पक्राउ परेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद भएको छ ।पक्राउ परेकाहरूको विस्तृत विवरण प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।