|  

भारतीय चुनावमा असंलग्नता देखि विश्व वन्धुत्ववादको वहस 

विपिन देव  - १४ बैशाख, काठमाडौँ । सन् २०२४ को भारतको १७ औं आमर्निवाचन अप्रिल १९ देखि सुरू भइ सकेको छ । जुन १ सम्म चुनाव सम्पन्न गराउने र्निवाचन आयोगको सूची रहेको छ । प्रजातान्त्रिक प्रणालीमा भारतको चुनावी प्रक्रियालाई एक किसिमले महाकुम्भ नै भन्न सकिन्छ । प्रजातान्त्रिक पद्धतिमा राजनीतिक दलहरूको प्रस्तावनामा व्यापक विर्मश हुनु एक सुन्दर पक्ष हो । 

पार्टीका मुर्घन्य नेताहरू ठुला ठुला जन सभा र आमसभालाई सम्वोधन गर्ने गर्दछ । तर १७ औं आमर्निवाचनमा समाजिक सन्जालले गहिरो भूमिका खेलेको देखिन्छ । उच्च वौद्धिक व्यक्तित्व भएका नेतृत्वले संवाद र छलफलको माध्यमवाट आफ्नो पार्टीका नीति र कार्यक्रम समाजिक सञ्जालको माध्यमवाट जन जनको मन मनमा पु¥याउन अथक प्रयास गरिरहेको छ । सन् २०२४ को चुनावमा भारतीय जनता पार्टीले मोदी सरकारको परराष्ट्र नीतिको सफलतालाई चुनावी अस्त्रको रूपमा प्रूयोग गरेको देखिन्छ । मोदी सरकारका परराष्ट्रमन्त्री डा. जयशंकरले सरकारको परारष्ट्रनीतिको सफलताको वारेमा विभिन्न व्याख्यानमालाहरूद्वारा संप्रेसित गरिरहेको छ । 

उनले भर्खरै एउटा रोचक पुस्तक “हवाई भारत म्याटरस” समेत प्रकाशित गरेका छन् । उक्त पुस्तकवारेमा विभिन्न चिन्तन समूह (थिंक ट्याक)हरूले कार्यक्रम समेत अनुष्ठान गर्दै आएको छ । पुस्तकले सन् २०१४ देखि सन् २०२४ को मोदीको कार्यकाललाई रेखाङ्कित गरेको छ । भारतीय सुनावमा डा. जयशंकरले भारतको असंलग्न परराष्ट्रनीतिलाई समेत प्रश्नको घेरामा राखेका छन् । भारतमा असंलग्न परराष्ट्रनीतिका प्रपेता पण्डित नेहरु थिए । अर्थात् नेहरुको परराष्ट्रनीतिलाई चूनौती दिनुको अर्थ भारतीय राष्ट्रिय काङ्ग्रेसले प्रयोग गरेको परराष्ट्र नीतिलाई चूनौती दिनु हो । 

डा. जयशंकरले नेहरुको चीन नीतिलाई इतिहासीक भूलको रूपमा व्याख्या गरेका छन् । सन् १९४९ मा चीनिया कम्युनिष्ट पार्टी चीनमा सत्तामा आउ‘दा अमेरिका लगायत पश्चिमा जगतले चीनिया सरकारलाई अनुमोदन गरेको थिएन । नेहरु चीनिया संस्कृती र सभ्यतावाट सम्मोहित थिए । चीनलाई सर्वप्रथम भारतले अनुमोदना गर्नु नेहरु सरकारको भूल भएको कुरा डा. जयशंकरले चुनावी भाष्य बनाएका छन् । अर्थात् चीनलाई अनुमोदन गर्नु भन्दा पहिले सीमा सम्बन्धी विवादलाई पूर्वर्सतको रूपमा राखी समस्या समाधान गर्नु पथ्र्यो भन्ने तर्क डा. जयशंकरको रहेको छ । 

नेहरुको चीन नीतिलाई आलोचना गर्ने नेहरु सरकारका गृहमन्त्री पटेलको चेतावनीलाई उल्लेख समेत डा. जयशंकरले गरेका छन् । अर्को शब्दमा भन्ने हो भने सन् १९५० मा पटेलले नेहरुलाई एक मत्रको माध्यमवाट चीनिया दृष्टिकोणवाट सजग र सचेत रहन समेत आग्रह गरेका थिए । तर नेहरु रणभुलमा थिए । परिमाण स्वरुप सन् १९६२ मा भारतले चीनिया आक्रमणको सामना गरेर धेरै भू(भाग गुमाउनु पर्यो । भारतीय जनता पार्टीले भारतीय काङ्ग्रेसको चीनिया नीतिलाई चुनावी भाष्य बनाएका छन् । हैदरावादमा एक थिंम टंयाकलाई सम्वोधन गर्दै नेहरुको नीतिले नै गर्दा भारत सुरक्षा परिषदको स्थायी सदस्यता प्राप्त गर्न सकेन । स्मरण रहोस सुरक्षा परिषदको स्थायी सदस्यको रूपमा चीन भन्दा पहिले ताइवान थिए । 

अमेरिकाले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्यता लिन भारतलाई सिफारिश गर्न अभिरुची देखाएका थिए । तर नेहरुले जनसंख्या र भूगोलको आधारमा भारत भन्दा चीनलाई सदस्यता दिएको खण्डमा न्यायोचित हुने तर्क राखेका थिए । भारतको सिफारिशले नै गर्दा चीन सुरक्षा परिषदको सदस्यता प्राप्त गर्न सफल भयो । नेहरुको परारष्ट्र नीतिलाई आर्दशवादको पराकाष्ठको रूपमा डा. जयशंकरले चित्रित गरेका छन् । सन् १०६२ ताका चीनिया आक्रामताको कारणले नहरुले अमेरिकी राष्ट्रपति केनेडीलाई एक पत्र लेख्दै सैन्य सहयोगको लागि अपिल गरेका थिए । उक्त पत्रमा भारतले अमेरिकी सहयोग प्राप्त गरेको खण्डमा भारतको असंलग्न नीति समेत प्रश्नको दायरामा आउने नेहरुको आसय थियो । 

अर्थात् नेहरुको परराष्ट्रनीतिलाई मोही माग्ने तर ढुङ्ग्रोे लुकाउने भन्ने तर्क डा. जयशंकरको रहेको छ । डा. जयशंकरले नेहरुको पाकिस्तान नीतिलाई समेत प्रश्न गरेका छन् । अर्थात् ५० को दशकमा पाकिस्तानका तत्कालीन नेतृत्व लियाकत अलीसंग सम्झौता गर्नुलाई समेत उनले गैर जिम्मेवार बताएका छन् । नेहरु लियाकत प्याकट अनुसार पाकिस्तानमा वसोवास गरिरहेकोले हिन्दुत्वको सुरक्षा दायित्व पाकिस्तान सरकारको थियो । कालान्तरमा पाकिस्तानमा हिन्दुहरूको संख्या १७ प्रतिशतवाट ३ प्रतिशतमा झरेको छ । काश्मिरको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुलाई समेत नेहरुको भुल भनेका छन् ।

वि.जे.पी.ले काङ्ग्रेसको परराष्ट्र नीतिलाई आत्मसर्मपनवादको समेत संज्ञा दिएका छन् । सन् १९७४ मा नै आणविक क्षमता विकसित गरेता पनि आणविक विष्फोट गर्न नसक्नुलाई नेतृत्वको कमजोरीको रूपमा भारतीय जनता पार्टीले व्याख्या गरेका छन् । सन् १९९८ मा बजापेयी सरकारले आणविक विष्फोट गरेर सवल नेतृत्वको परिचय दिनुलाई भारतीय जनता पार्टीले चुनावमा पू‘जीकृत गरिरहेको छ । परराष्ट्र नीतिको सफलतालाई जिकिर गर्दै संसारमा हरेक ठाउ‘मा वसोवास गरिरहेको भारतेली समुदायको सुरक्षाको दायित्व भारत सरकारको रहेको कुरा समेत वि.जे.पी.ले उद्घोष गरिरहेका छन् । कोरोनाको कहरमा संसारका कुना कुनावाट ९० लाख भारतेलीलाई भारत ल्याउनु, सुडान, युक्रेन, यमन, इजरायल जस्ता अनेकौ द्वन्द ग्रस्त क्षेत्रवाट भारतेलीहरू मुक्त गराएर आफ्नो मुलुकमा ल्याउनुलाई परराष्ट्र नीतिको सफलताको रूपमा वि.जे.पी.ले प्रचार गरिरहेका छन् । 

परराष्ट्र नीति असंलग्नतावाट विश्व वन्दुत्व तर्फ उन्मुख भइरहेको ठहर वि.जे.पी.को रहेको छ । संसारका १०० भन्दा अधिक देशहरूलाई कोरनाको खोप उपलब्ध गराउनु र प्राकृतिक विपदमा राहत प्रत्याभूत गर्न टर्की लगायत अनेकौ ठाउ‘मा सर्वप्रथम प्रस्तुत हुनु, विश्वको ७० वटा मुलुकहरूमा ७०० भन्दा अधिक विकास योजना परिचालित गर्नु जस्ता घटनालाई परराष्ट्र नीतिको सफलताको रूपमा भारतीय जनता पार्टीले उद्घोष गरिरहेका छन् । परराष्ट्र नीतिको सफलताको रूपमा जी ट्वान्टीको सफल आयोजकलाई समेत उल्लेख गरेका छन् । प्रतिकुल र तरल राजनैतिक र कूटनीतिक अवस्थामा सहमतिको अवधारणा निर्माण गराउन सक्नुलाई परराष्ट्र नीतिको सफलताको रूपमा वि.जे.पी.ले लिएका छन् । जी ट्वान्टीको शिखर सम्मेलनमा दक्षिण गोलाद्धको १२५ वटा मुलुकहरूको भावना, अनुभूती र समस्यालाई संस्थागत रूपमा ध्वनित गर्नुलाई समेत सरकारको सफलताको रूपमा व्याख्या गर्दै चुनावी मुद वि.जे.पी.ले बनाएका छन् । 

भारतीय काङ्ग्रेस लगायत विभिन्न क्षेत्रीय पार्टीले वि.जे.पी. को भाष्य प्रति कटाक्ष व्यक्त गरेका छन् । चीनसंग तनाव शिथिलिकरण गर्न नसक्नु, मालदिप्ससंग कटुता बढ्नु, दक्षिण एसियाको ट्रान्जीट प्वाइन्टको रूपमा विकसित नहुन सक्नु र म्यानमारमा प्रजातान्त्रिक मान्यता प्रति संवेदनशिल नहुन सक्नु जस्ता गतिविधिलाई मोदी सरकारको परराष्ट्रनीतिको कमजोरीको रूपमा विपक्षी दलहरूले व्याख्या गरेका छन् । सन् २०१७ को चुनावमा परराष्ट्र नीति चुनावी मुद्दा हुनु आफ्नैमा रोचक विषय भएको छ ।