|  

सुदन किराँतीले पर्यटनमन्त्री तामाङलाई दिएका ९ सुझाव

१४ बैशाख, काठमाडौँ । पूर्वमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्री हितबहादुर तामाङलाई ९ बुँदे सुझाव पत्र बुझाएका छन्।

मन्त्रालयमा पुगेर नेकपा माओवादी केन्द्रका सांसद समेत रहेका किराँतीले आफूले देखेको, अनुभव गरेको, कार्य योजना तयार गर्दै गरेको र अगाडि बढाएका कार्य योजनाहरू अगाडि बढाउन सुझाएका हुन्।


सुझाव पत्रमा भनिएको छ, प्रकृति र संस्कृतिको समायोजन गरी स्थानीय स्वाद र स्वामित्व सहित पर्यटनको विकास गर्नुपर्छ भन्नेमा मतैम्यता छ । यद्यपि, नेपाली पर्यटनको विकासलाई तीव्रता दिन, पर्यटन क्षेत्रलाई अझ प्रभावकारी र अर्थतन्त्रको हर्दो खम्बा बनाउनका लागि सूत्र निर्माण गरेर मात्रै सम्भव छ भन्ने मेरो ठम्याइ रहेको छ ।

आफ्नो अनुभव र दृष्टिकोणमा नेपालको पर्यटन क्षेत्रमा समग्र विकास गर्न दुईवटा सूत्रमा सूत्रबद्ध गर्न सकिने बताए।