|  

नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष भन्छन, 'प्रधानमन्त्रीलाई श्री ३ को अधिकार पटक्कै छैन '(भिडियोसहित)

५ फागुन, काठमाडौं-नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेम बहादुर खडकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ३ को जति अधिकार नभएको दाबी गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्रीले संविधान अनुसार काम कर्तव्य पुरा गर्नुपर्ने उनले बताए । संविधान भन्दा माथिको अधिकार प्रधानमन्त्रीलाई पनि नहुने भन्दै उनले सबै संवैधानिक सर्वोच्चता रहेको बताए ।

हेडलाइन नेपालको कार्यक्रम हेडलाईन विशेषमा कुराकानी गर्दै पूर्वअध्यक्ष खड्काले अहिलेको सरकार संविधानको धारा ७६ २ बमोजिमको रहेको जिकिर गरे । खड्काले प्रधानमन्त्री ओली संविधान बमोजिम नचल्ने, आफ्नो अहममा मात्रै चल्ने आफू बाहेक अरुलाई देख्दै नदेख्ने प्रवृत्तिको व्यक्ति भएको आरोप लगाए ।

कतिपय अपराधमा प्रधानमन्त्रीले बचाउ गरेको विषयलाई जोड्दै खड्काले प्रधानमन्त्रीले निर्दोषी भनेर भन्न नपाइने बताए ।

संसद विघटनको विरोधमा आन्दोलनरत रहेकालाई प्रधानमन्त्रीले अपराधी भन्छन नि त ? भन्ने प्रश्नमा खडकाले भने, 'यदि त्यस्तो हो भने उहाँको मनस्थिती ठिक नभएको पो हो कि ? आन्दोलनमा जानु पटक्कै आपराध गरेको हैन । संविधान भन्दा माथि कोही छैन भनिएको हो ।'

भिडियो-