|  

निर्धक्कले मतदान गर्न निर्वाचन आयोगकाे आग्रह

१४ बैशाख, काठमाडौं । निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार हुन लागेको उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदान गरी मतको सदुपयोग गर्न इलाम २ र बझाङ प्रदेश १ का मतदातालाई भनेको हो ।

इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ–१ (क) मा प्रदेश सभा सदस्य चयनका लागि शनिबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त बनाउने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुने विश्वास जनाएको छ ।