|  

रास्वपाका उम्मेदवार मिलन लिम्बूले हाले भोट 

१५ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन् ।

उनले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनताकल्याण आवि मा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

सोही मतदान स्थलको क केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समेत मतदान गरेका छन् ।