|  

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० क्रिकेट सिरिज आजदेखि


१५ बैशाख, काठमाडौं ।  नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरू हुँदै छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी-२० प्रतियोगिता खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।आगामी जुनमा हुने टी-२० विश्वकपको तयारीस्वरूप नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच सिरिज हुन लागेको हो ।