|  

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

१५ बैशाख, काठमाडौं । सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको एमआरएनए भ्याक्सिनको परीक्षण सुरु भएको छ ।

बेलायतका ५२ वर्षीय स्टिभ यङ माथि पहिलो परीक्षण गरिएको छ । गत अगस्टम उनको शरीरबाट क्यान्सर भएको भाग काटेर हटाइएको थियो ।

यो भ्याक्सिनको मुख्य काम इम्युन सिस्टम बढाउने तथा बाँकी रहेको क्यान्सर सेल हटाउने र फेरि कहिल्यै फर्कन नदिने हो ।यो खोप अहिलेका कोभिड भ्याक्सिनकै प्रविधिबाट तयार गरेर मानिसलाई दिइन्छ । यसको तेस्रो चरणको परिक्षण भइरहेको छ ।