|  

इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान !

१५ बैशाख, काठमाडौं । इलाममा भइरहेको उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान भएको छ । मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएको प्रहरीले जनाएको छ ।

इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको प्रहरीले जनाएको छ । सो कार्यमा संलग्न ४ जना महिला र त्यो समूहले प्रयोग गरेका सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।