|  

चुनाव जित्नेमा विश्वस्त सुहाङ नेम्वाङ

१५ बैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन यतिबेला जारी छ ।

बिहान ७ बजेबाट मतदान शुरु भएको थियो । जिल्लामा शान्तिपूर्ण मतदान जारी रहेको बताइएको छ । मतदान गरिसकेपछि बोल्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उत्साहको महशुस भइरहेको प्रतिक्रिया दिएका छन् । निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै उनले निर्वाचनको परिस्थितिले भावुक बनाएको बताए । घरदैलो कार्यक्रममा मतदाताहरुले देखाउनुभएको मायाले जित्ने मँ विश्वस्त रहेको जिकिर गरे ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।