|  

इलाम २ को उपचिर्वाचन अपडेटः २२ प्रतिशत भन्दा बढी मत खस्यो

१५ बैशाख, काठमाडौं । इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत भन्दा बढी मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले यो समाचार तयार गर्दा समेत यतिको संंख्यामा मतदान भएको जानकारी दिएका हुन् । विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको बताइएको छ । इलाम-२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।