|  

रुसलाई सहयोग नगर्न चीनलाई अमेरिकी चेतावनी

१५ बैशाख, काठमाडौं ।  युक्रेन विरुद्धको आक्रमणमा रुसलाई सहयोग गरिरहेको भन्दै अमेरिकाले चीनमाथि कारबाही गर्ने चेतावनी दिएको छ । 

अमरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले चीनले रुसलाई युक्रेनमाथिको आक्रमणका लागि हतियारसहतिका सामान दिन बन्द नगरे वासिङ्टन कडा कदम उठाउन बाध्य हुने चेतवानी दिए ।

ब्लिंकनले चीनका विदेशमन्त्रीसँगको कुराकानीमा शीतयुद्धपछि युरोपको सुरक्षामा सबैभन्दा ठूलो खतरा बढिरहेको र चीनले यसलाई बढावा दिइरहेको बताए । तर ब्लिकंनले चीनविरुद्ध अमेरिकाले कस्तो कदम उठाउँछ भन्नेबारे भने बताएनन्।