|  

प्रधानमन्त्रीको अफर गरेको प्रमाण देखाउन रविलाई अर्जुननरसिंहको चुनौती

१५ बैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको प्रमाण देखाउन कांग्रेसका नेता अर्जुननरसिंह केसीले चुनौती दिएका छन् ।

कांग्रेस नुवाकोट-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको जिकिर गरे । उनले भने, ‘अहिले नयाँ पार्टी आएर हामी डराउनुपर्ने आवश्यक छैन । म त चाहन्थे नयाँ पार्टीहरू राम्रा हुन त्यसले हामीहरुलाई पनि काम गर्न बाध्य बनाउन तर उहाँहरू त भ्रष्टाचार भ्रमको कुरा गरिरहेका छन् । तागत भए कुन नेताले प्रधानमन्त्रीको अफर गर्‍यो त्यो देखाउनुस, मैले बुझेसम्म हामीले कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौं। त्यसैले भ्रम र झुटका कुराहरू गरेर त्यो भ्रममा पर्न आवश्यक छैन ।’

कांग्रेस खहरे भेल नभएको उल्लेख गर्दै सबै कम्युनिष्टहरू मिल्दा त केही गर्न नसकेको कांग्रेसलाई नयाँ दलको भ्रमबाट केही नहुने बताए। उनले कांग्रेसलाई आफैंभित्रकाबाट डर भएकाले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।