|  

ईपीएस भाषा पास गरेका ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने !

१५ बैशाख, काठमाडौं । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुले कार्यक्षेत्र परिवर्तन गर्न पाउने भएका छन् ।

ईपीएस भाषा परीक्षा पास गरेर कोरिया जान नपाएकाहरूले सेक्टर परिवर्तन गर्न पाउने भएका हुन् । त्यसका लागि ईपीएस कोरिया शाखाले नौ हजार ४२८ जनाको सूची सार्वजनिक गरेको छ ।वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक रोजगारीका लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकाहरूले कार्यक्षेत्र परिवर्तन गर्ने पाउने बताएको छ ।

सूचीमा रहेका व्यक्तिले वैशाख १४ गते शुक्रबारदेखि १८ गतेसम्म ईपीएस कोरिया शाखामा दरखास्त दिनुपर्नेछ । त्यसका लागि शाखाको वेबसाइटमा रहेको नमुना फाराम प्रिन्ट गरेर पूर्ण रूपमा आफ्नो विवरण भरेर फाराममा राहदानी अनुसारको दस्तखत गरी शाखाको इमेलमा पठाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।  

Service-Sector-मा-रोष्टर-परिवर्तन-सम्वन्धी-सूचना-_page-0001