|  

मुलुक र जनताको हितमा काम गर्न स्थिर सरकार चाहिन्छः सभामुख

१५ बैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुक र जनताको हितमा काम गर्न स्थिर सरकार चाहिने बताएका छन् ।

पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्थिर सरकार नहुँदा मुलुकलाई ठूलो असर गरिरहेको बताएका हुन् । उनले दलका नेताले आफ्नो अनुकूल सरकार फेरबदल गरिरहँदा मुलुक अप्ठ्यारोमा परेको बताए । निर्वाचन प्रणालीको विषयमा प्रश्न उठाउँदै उनले भने,‘मुलुक र जनताको हितमा काम गर्न स्थिर चाहिन्छ। एउटै दलको बहुमत नहुँदासम्म स्थिर सरकारको सम्भव देखिँदैन। त्यसैले निर्वाचनलाई सरल बनाउनुपर्छ। अहिले कुनै पनि दलको बहुमत छैन। धेरै दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ।’

उनले निर्वाचन प्रणाली परिवर्तन गरेर जुनसुकै दलको एक बहुमत आउने पद्धतिको विकास गर्ने बताए । निर्वाचन प्रणालीलाई सरल बनाउन आवश्यक परे संविधान र कानूनको संशोधन गर्न आवश्यक रहेको बताए ।