|  

 वेस्ट इन्डिज विरुद्ध रोहित पौडेलको अर्धशतक

१५ बैशाख, काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

कप्तान रोहितले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका हुन् । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका हुन्।

अहिले नेपाल १०.३ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।