|  

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

१६ बैशाख, काठमाडौं ।  साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रूपैयाँ बढेको हो ।  आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहको छ ।

यता तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदी आज १५ रूपैयाँले घटेर प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।