|  

अब चीन जान भिसा शुल्क नलाग्ने !

१६ बैशाख, काठमाडौं । चीनले मे १ देखि नेपाली नागरिकलाई भिसा शुल्क नलिने भएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दै उक्त जानकारी दिएको हो । एक्सप्रेस फि र सर्भिस फि भने लिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

नेपाल र चीनबीचको मित्रता प्रवद्र्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन यस्तो सुविधा ल्याइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।