|  

इलाम-२ मा मतगणना सुरू

१६ बैशाख, काठमाडौं । इलाम-२ मा मतगणना सुरू भएको छ । आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो ।

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ।

मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ।फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको बताइएको छ ।