|  

अभिनेता साहिल खान पक्राउ

१६ बैशाख, काठमाडौं । अभिनेता साहिल खान पक्राउ परेका छन् । प्रहरीले उनलाई छत्तीसगढको चर्चित अनलाइन सटटा एप महादेवको मामिलामा बस्तरबाट पक्राउ गरेको हो ।

साहिल खानमाथि अनलाइन बेटिंग एपको वेबसाइट चलाएको र यसको प्रचार–प्रसार गरेको आरोप छ ।बस्तर प्रहरीले यसको पुष्टि गरेको छ । पुलिसका अनुसार साहिल खानले यस मामिलामा मुम्बई हाई कोर्टमा अग्रिम जमानत याचिका दायर गरेका थिए ।

तर अदालतले जमानत याचिका खारेज गरिदिएपछि साहिल बस्तरको जिल्ला सदरमुकाम जगदलपुरमा लुकेर बसेका थिए ।पक्राउ परेपछि साहिल खानलाई छत्तीसगढबाट मुम्बई ल्याइएको छ ।

भारत सरकारको प्रबर्तन निर्देशालय अर्थात ईडीले यो एपमाथि छानबिन गरिरहेको छ । यो एपको मूल्य कयौं हजार करोड रुपैयाँ भएको बताइएको छ ।