|  

मतान्तर घटाउँदै एमालेका सुहाङ

१६ बैशाख, काठमाडौं ।  इलाम–२ मा नेकपा (एमाले) का सुहाङ नेम्वाङले मतान्तर घटाउँदै छन्। अहिलेसम्म तीन वटा वडाको मत गणना गरिएको छ। अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ। 

कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन्। एमाले उम्मेदवार नेम्वाङले एक हजार छ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले चार सय ३७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले तीन सय ५ मत प्राप्त गरेका छन्।

अहिले फाकफोकथुम गाउँपालिकाकै वडा नम्बर ४ मा खसेको मत गणना भइरहेको छ।