|  

फिल्म ‘दान्भी’ असार ७ बाट प्रर्दशनमा आउने

१७ बैशाख, काठमाडौं ।  फिल्म ‘दान्भी’को प्रदर्शन मिति घोषणा भएको छ ।

अभिनेत्री पूजा शर्माको जन्मदिनको अवसर पारेर निर्माताले सोमबार नयाँ रिलिज डेट घोषणा गरेका हुन् ।फिल्म असार ७ बाट प्रर्दशनमा आउने भएको छ ।चलचित्र संघ र वितरकबीचको सहमतिअनुसार यो फिल्मको पूर्वनिर्धारित जेठ १० को प्रदर्शन मिति स्थगित गरिएको थियो ।

उक्त छलफलमा असार ७ गते आउने सहमति जुटेको हो । निर्माताले नयाँ रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरिसकेका छन् । फिल्ममा पूजा र कुन्साङ बमजमको शीर्ष भूमिका छ ।

यो फिल्म कुन्साङको डेब्यु हो भने पूजाको लागि पहिलो एक्सन फिल्म ।देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।