|  

सामसङ ग्यालेक्सी एम५५ फाइभजी स्मार्टफोन नेपाली बजारमा, कति पर्छ मूल्य ? 

१८ बैशाख, काठमाडौं ।  नेपाली बजारमा सामसङले एम५५ फाइभजी स्मार्टफोन ल्याएको छ ।

स्टाइलिस डिजाइनमा आएको यो फोनको चौडाइ ७.८ एमएम मात्रै छ, जसलाई कम्पनीले स्लिम र हलुका फाइभजी स्मार्टफोनका रुपमा अघि सारेको छ । त्यस्तै यसमा ४ एनएम आधारित स्न्यापड्रागन सेभेन जेन वन प्रोसेसर रहेको छ, जसका कारण प्रयोगकर्ताले फोनमा एकैपटक धेरै काम गर्न सक्नुका साथै उत्कृष्ट गेमिङ अनुभव पाउने कम्पनीको भनाइ छ ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि कम्पनीले ४५ वाटको फास्ट चार्जर उपलब्ध गराएको छ । यो फोनको मुख्य क्यामेरा र सेल्फी क्यामेरा दुवै ५०–५० मेगापिक्सेलको रहेको छ ।८–२५६ जीबी संस्करणको मूल्य रु.४८,९९९ र १२–२५६ जीबी संस्करणको मूल्य रु. ५३,९९९ कायम गरिएको छ ।