|  

याे वर्ष १५ हजारलाई तालिम र ५ हजारलाई रोजगारी दिने लक्ष्यमा काठमाडौंँ महानगर

१८ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि सीप मेला सञ्चालन गदैछ ।

आज दिउँसो पत्रकार सम्मेलन गर्दै उपमेयर सुनीता डंगोलले मेला र यसको फाइदाबारे जानकारी दिएकी हुन् । उनले टुँडिखेलमा आयोजना गरिने ‘सीप मेला’ मा १ महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेशासँग सम्बन्धित सीप सिकाइने बताइन ।  पेशागत तालिमको सूचीमा अटो मोबाइल्स, निर्माण, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल, आर्ट एण्ड कल्चर, गार्मेन्ट्स, ब्युटिसियन, डिजाइनिङ र पुरोहितलगायतका क्षेत्रसम्म छन् ।

यसवर्ष कम्तीमा १५ हजारलाई तालिम दिने र ५ हजार जनालाई रोजगारी दिने लक्ष्य रहेको उपमेयर डंगोलले बताइन् । साथै उनले सडक व्यवसायीलाई पनि प्राथमिकता राखेको जानकारी दिइन । महानगरले युवा लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।