|  

टी- २० विश्वकपका लागि राेहित शर्माकाे कप्तानीमा भारतीय टिम घोषणा

१८ बैशाख, काठमाडौं । टी-२० विश्वकप क्रिकेटका लागि भारतले राष्ट्रिय टिमको घोषणा गरेको छ । राेहित शर्माकाे कप्तानीमा भारतले १५ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हो । 

टाेलीमा ऋषभ पन्तले पुनरागमन गरेका छन् ।  तर, शुभमन गिल पहिलो १५ खेलाडीकाे सूचीमा अटाएका छैनन् । उनलाई अन्य तीन खेलाडीसँगै रिजर्भमा राखिएको छ ।

शिवम दुबे र विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले पनि टाेलीमा स्थान पाएका छन् । स्पिनर युजवेन्द्र चहल पनि टिममा फर्किएका छन् ।

यस्तो छ विश्वकप खेल्ने भारतीय टोली
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट किपर), सञ्जु सैमसन (विकेट किपर), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।

रिजर्व खेलाडी : शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान ।