|  

पशुपतिको जलहरी प्रकरणमा मुछिएका  मिलन थापासहित ३ जनालाई सफाइ

१८ वैशाख, काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

विशेष अदालतका शाखा अधिकृत सागर भण्डारीका अनुसार, आरोपित सबैजनाले सफाइ पाएका हुन् ।

पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ असोजमा तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कोषका तत्कालिन कोषाध्यक्ष डा. मिलन थापा, सदस्य सचिव डा. प्रदिप ढकाल र विशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले जलहरी राख्ने क्रममा करिव डेढ किलो सुन हिनामिना भएको दावी गरेको थियो । उनीहरुमाथि एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।