|  

‘पुजार सार्की’ जापानका दुई दर्जन सहरमा प्रदर्शन हुने

१९ बैशाख, काठमाडौं । फिल्म ‘पुजार सार्की’ जापानका झण्डै ३ दर्जन सहरमा प्रदर्शन हुने भएको छ । अहिलेसम्म दुई दर्जन सहरमा स्क्रिनिङ तय भैसकेको वितरक टिमले जनाएको छ ।

जापान प्रदर्शनमा अभिनेता पल शाह र लेखक विकास सुवेदी पनि सहभागि हुने भएका छन् । मे २६ तारिखमा टोकियोस्थित नाकानो जेरो हलमा हुने प्रदर्शनीमा पल सहभागि हुनेछन् ।

फिल्म जेठ १० मा नेपालसहित विश्वब्यापी रिलिज हुँदैछ । जातिय विभेदविरुद्धको कथा पेश गर्ने यो फिल्ममा पलसहित प्रदीप खड्का र आर्यन सिग्देलको पनि शीर्ष भूमिका छ ।फिल्मलाई सुवेदीले लेखेका हुन् ।