|  

आइपीएलमा आज सनराइजर्स र राजस्थान भिड्दै

२० बैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुँदै छ ।

हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुने छ । जारी खेलमा सनराइजर्सले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ ।

१० अंकसहित सनराइजर्स पाँचौं स्थानमा रहेको छ । त्यसैगरी राजस्थान रोयल्स भने ९ खेलमा ८ खेल जितेर अंक तालिकामा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।