|  

मन्त्रिपरिषद् बैठक बस्दै

२० बैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी छ । गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो।

हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी भएको हो । सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ।