|  

दुबईमा चट्याङसहित भीषण वर्षा  !

२० बैशाख, काठमाडौं । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ ।

एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो । स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङसहित वर्षा भएको जनाइएको छ । मध्यराततिरै अबुधाबीको सुदूरपश्चिममा रहेको अल धाफ्रा र अल सिला क्षेत्रमा भारी वर्षा भएको थियो । अल अब्याद टापुसहित केही क्षेत्रमा असिना परेको थियो ।

मोहम्मद बिन जायद सहर र अल शमामेखमा चट्याङ र मेघ गर्जनसहित वर्षा भएको थियो ।राति करिब अढाई बजेतिर अबुधाबीका अधिकांश भागमा चट्याङ र मेघ गर्जनसहित वर्षा सुरु भएको थियो भने हुरीका कारण दुबईतिर सरेको बादलले त्यहाँ पनि मौसममा परिवर्तन ल्याएको थियो ।