|  

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल 

२० बैशाख, काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो टी-२० सिरिजमा पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ए २- १ ले अघि छ ।

शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।