|  

नेपाललाई दोस्रो झट्का, कुशल भूर्तेल आउट 

२० बैशाख, काठमाडौं । टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध  नेपालले दोस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भूर्तेल १ रनमा आउट भएका हुन्। उनलाई फेबियन एलेनले आउट गरे। यसअघि आसिफ शेख डगआउट भए।

नेपालले ४.१ ओभरमा २ विकेटको क्षतिमा २७ रन बनाएको छ। २१० रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।